ताजा समाचार

नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत दिइने – अध्यक्ष ओली

 

काठमाडौँ, ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताउनुभएको छ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज बागबजारमा आयोजित वामगठबन्धनको संयुक्त चुनावी अभियानमा अध्यक्ष ओलीले अव नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत, सुविधा उपलब्ध गराउने बताउनुभयो ।

उद्योग धन्दा धरासायी भएकाले बेरोजगारी समस्या भएको र युवा जनशक्ति विदेशिन बाध्य रहेको अवस्थामा देशमा विभिन्न उद्योग स्थापना गरी रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले लोकतन्त्रका माध्यमबाट सबै नेपालीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले वाम गठबन्धन कसैका विरुद्ध नभएर सरकारको स्थायित्व र मुलुकको आर्थिक समृद्धिका लागि भएको बताउँदै सो गठबन्धनसँग देश विकासका लागि विभिन्न स्वरुपअनुसार कार्यक्रम रहेको जानकारी दिनुभयो । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org