ताजा समाचार

सबैको चासो रहेको गोरखामा मतदान शुरु, नारायणकाजी गरे पहिलो मतदान

गोरखा, १० मंसिर । गोरखामा माओवादी केन्द्रका नेता तथा उम्मेदवार नाराययणकाजी श्रष्ठले पहिलो मतदान गरेका छन् । गोरखा क्षेत्र नम्वर २ का उम्मेदवार रहेका श्रेष्ठले पहिलो मतदान गरेका हुन् । जौबारीको परोपकार आदर्श बहुमुखी क्याम्पसबाट श्रेष्ठले बिहान सबैभन्दा पहिले मतदान गरे ।

श्रेष्ठ केही दिनदेखि बिरामी छन् । बिरामी भएकै कारण सबै मतदान केन्द्रहरुमा पुग्ने उनको योजना प्रभावित बनेको छ । तर मतदान गरेसँगै उनी केही मतदान केन्द्रको अवलोकनमा भने निस्किएका छन् । गोरखाका सबै मतदान केन्द्रमा मतदान शुरु भएको छ । २१३ मतदान स्थल र २८२ मतदान केन्द्र रहेको गोरखामा बिहान सात बजेबाट मतदान शुरु भएको हो । बिहानैदेखि मतदाताहरु मतदानका लागि लाइनवद्ध भएर बसेका छन् ।

भयरिहत वातावरणमा चुनाव गर्न हरेक मतदान केन्द्रमा बिशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहेका छन् ।

हरेक मतदान केन्द्रमा महिला पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । असहाय, बृद्ध र अपांगता भएकाहरुलाई लाइन बस्न नपर्ने गरी मतदान गर्ने व्यवस्था मिलाइएको छ । ‘हेभि वेट’ का नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावमा भिडेकाले सबैको चासोको बिषय बनेको गोरखामा अहिले सम्म शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org