ताजा समाचार

एसिड हालेर आगो लगाएपछि रुकुमको बाँफिकोटको एक मतदान केन्द्रमा २१ गते पुनः चुनाव हुने

पश्चिम रुकुम, १० मंसिर । पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा मंसिर २१ गते पुनः मतदान हुने भएको छ । अज्ञात व्यक्तिले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिय हालेर जलाएपछि मंसिर प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएको हो ।

२१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुने मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिए । मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निर्णय गरेको हो ।

मत पेटिकामा आगो लगाएको आशंकामा प्रहरीले कल्पना केसीलाई प्रक्राउ गरेको छ । ६ सय ७२ जना मतदाता रहेको यो केन्द्रमा प्रदेश सभाको लागी भने मतदान भईरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org