ताजा समाचार

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै प्रेसर कुकर बम फेला, सेनाले पार्‍यो निष्कृय (तस्बिरसहित)

कैलाली, १८ मंसिर । कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै प्रेसर कुकर बम फेला परेको छ । प्रधानमन्त्री देउवा विगत ३ दिनदेखि बस्दै आएको धनगढीस्थित होटल नजिकै प्रेसर कुकर बम फेला परेको हो । उक्त बमलाई तेघरीस्थित सेनाको टोलीले निष्कृय पारेको छ ।

धनगढी उपमहानगरपालिका ५ तारानागरमा पुल नजिकै बम फेला परेको हो । घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । प्रधानमन्त्री देउवा दिनभरी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने र बास बस्न धनगढी नै आउने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org