ज्ञानेन्द्र र शरदको अर्धशतकीय पारीसँगै नेपालद्वारा युएईसामू २२२ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, २० मंसिर । नेपाललले युएईलाई २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य प्रस्तुत गरेको हो । युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर २२१ रन बनाएको हो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले अर्धशतकीय पारी खेले । घरेलु टोली युएईले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । नेपालका शरद भेषावकरले ८१ रनको सर्बाधिक अविजित पारी खेले, जसको सहयोगमा नेपालले सम्मानित योगफल बनायो । तेस्रो नम्बरमा ब्याटिङमा आएका भेषावकरले ९५ बल खेलेर ५ चौका प्रहार गरे ।
टिमको स्कोर ४३ हुँदा पहिलो विकेटका रुपमा नेपालले १४.५ ओभरमा दिलिप नाथलाई व्यक्तिगत १६ रनमा गुमाएको थियो । नेपालले ८४ रन बनाउँदा दोस्रो विकेट गुमायो । अर्का ओपनर ज्ञानेन्द्र मल्ल अर्धशतकीय पारी खेल्दै ५४ रनमा एलबीडब्ल्यू आउट भए । ८३ बल खेलेका ज्ञानेन्द्रले ६ चौका प्रहार गरेका थिए ।
त्यसपछि आएका कप्तान पारस खड्काले २० रनमात्र जोड्न सके । उनी ३४.२ ओभरमा पेविलियन र्फकँदा नेपालले १२२ रन बनाएको थियो । त्यसको दुई ओभरपछि आरिफ शेख दुर्भाग्यबस रनआउट हुन पुगे । रनले खाता खोल्नै पाएनन् ।
छैटौं नम्बरमा आएका बिनोद भण्डारीले पनि ४ रनमात्र बनाउन सके । सोमपाल कामीले १९ बलमा ३ चौकाको सहयोगमा नेपालको खातामा २० रन जोडे । नेपालका लागि बसन्त रेग्मीले अविजित १४ रन बनाए । बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १र१ विकेट लिए ।
Comments
अरु समाचार
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...