त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने
काठमाडौँ, २० मंसिर । त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ । दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको ९ तारिखमा हुने मिसौरी विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा भाग लिन उपकुलपति डा. तीर्थ खनियाँ बिहीबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
त्रिवि सूचना शाखाका अनुसार भ्रमणमा उपकुलपति खनियाँले त्रिविले हालै अवलम्बन गरेको क्रेडिट ट्रान्सफरका सन्दर्भमा अमेरिकी विद्यार्थीले नेपालमा आएर र नेपाली विद्यार्थीले अमेरिकामा गएर आफनो शैक्षिक उपाधि हासिल गर्न सक्ने व्यवस्थाको समेत औपचारिक कार्यान्वयनको प्रारम्भ गर्नुहुने भएको छ । दीक्षान्त समारोहमा त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेल र व्यवस्थापन संकायका डिन प्रा डा. डिल्लीराज शर्माले पनि भाग लिनुहुनेछ ।
Comments
अरु समाचार
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...