घर पुर्ननिर्माणको दोस्रो किस्ताको रकम लिनुभयो ? लिने म्याद आज मात्रै !
काठमाडौं, ३० पुस । के तपाईले घर पुर्ननिर्माणको लागि दोस्रो किस्ताको रकम लिनुभयो ? यदि लिनुभएको छैन् भने त्यसको म्याद आज मात्रै बाँकी छ । घरको जगदेखि ढोका राख्ने तहसम्म काम सकाउनुभयो भने दोस्रो किस्ताको रकम पाउनुहुन्छ । यदि त्यो बाँकी नै छ भने दोस्रो किस्ताको रकम पाउनुहुन्न ।
भूकम्प गएको ३२ महिना बितिसक्दा पनि अझै धेरै परिवारले घरको जग समेत राख्न सकेका छैनन् । सरकारले भूकम्पपीडितलाई घर पुर्ननिर्माणको लागि भन्दै पहिलो किस्तामा ५० हजार र दोस्रो किस्ता बाफत एक लाख ५० हजार रुपैयाँ वितरण गरिदैंछ ।
गत वर्षको माघमा अनुदानको पहिलो किस्ता लिएका प्रभावितले दोस्रो किस्ता लिने समयावधि आइतबार सकिँदैछ । तर आधाजसो प्रभावित अझै दोस्रो किस्ताको प्रकृयामा आउन सकेका छैनन् । तोकिएको समयसीमा भित्र दोस्रो किस्ताको प्रकृयामा आउन नसकेका प्रभावितलाई अब के हुन्छ त भन्ने अन्यौल भएको छ ।
पहिलो किस्तामा ५० हजार रुपैयाँ लिएर घरको जग बसालेका भूकम्प प्रभावितले दोस्रो किस्ता लिन सक्छन् । तर घरको जगदेखि ढोका राख्ने तहसम्म काम नभए प्राविधिक इन्जिनियरले दोस्रो किस्ताको लागि सिफारिस गर्दैनन् । गएको वर्षको पुस मसान्तसम्ममा पहिलो किस्ता लिएकालाई यो वर्षको पुसभित्रै दोस्रो किस्ता लिनका लागि प्रकृयामा आउन समयसीमा तोकिएको थियो ।
पोहोर माघअघि पहिलो किस्ता लैजाने झण्डै साढे ४ लाख प्रभावितमध्ये अझै पनि २ लाखभन्दा धेरै प्रभावित प्रकृयामा नआएको तथ्याङक छ । अरु बाँकी जसले माघपछि अनुदान सम्झौता गरे उनीहरुले भने चैत मसान्तसम्म दोस्रो किस्ता र असार मसान्तभित्र तेस्रो किस्ता समेत लिइसक्नुपर्ने गरि गएको असार अन्तिम हप्ता समयसीमा निर्धारण भएको हो । अनुदान लिएपनि घर बनाउन म्याद नतोकिँदा जहिले काम सुरु गरेपनि हुन्छ भन्ने बुझाईले समयसीमा निर्धारण गरिएको प्राधिकरणको दाबी छ ।
तोकिएको चरणवद्ध समयसीमा अनुसार अबको ६ महिनाभित्र सबै भूकम्प प्रभावितले अनुदान लिइसक्नुपर्नेछ । तथ्याङ्क अनुसार आउँदो असार मसान्तभित्र ७ लाख ६७ हजार भूकम्प प्रभावितका सुरक्षित घर हुनेछन् । प्राधिकरणले निर्धारण गरेको समय तालिका अनुसार भूकम्प प्रभावितले असार मसान्तपछि अनुदान रकम पाउने छैनन् । तर त्यसका लागि भने अझै ६ महिना बाँकी नै छ । घर बनाउनुपर्ने ८९ प्रतिशत भूकम्प प्रभावितले अनुदानको पहिलो किस्ता ५० हजार पनि बुझिसकेका छन् ।
भूकम्प प्रभावितको घर बन्न नसक्नुमा प्रभावितले काम सुरु नगरेको मात्रै होइन अरु अप्ठ्यारा पनि छन् । आर्थिक समस्यादेखि नक्सा पास, लालपूर्जा, अंशवण्डा, घर बनाउन आवश्यक सामग्री, प्राविधिक सल्लाह र किस्ता वितरणका प्रकृया जस्ता झन्झट धेरै छन् । तर सरकारले अनुदान र प्राविधिक सहयोग गर्दा पनि घर बनाउन सुरु भएन भने थप समय दिन नसक्ने तर जायज कारण देखिन आयो भने प्रकृयामा ल्याउन सकिने प्राधिकरणको दाबी छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...