ताजा समाचार

शुप विश्वविद्यालयले प्रदान गरेको ‘अवार्ड’ मा गरिएको विरोध र यर्थातता

कञ्चनपुर, ३० पुस । शुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शनिवार आफ्नो पहिलो दिक्षान्त समारोह मनायो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको पहिलो दिक्षान्त समारोहमा १ सय २० जना विद्यार्थी दिक्षित भएको विश्वविद्यालयले जनाएको छ । शुप विश्वविद्यालयले उत्कृष्ठ चार जनालाई विभिन्न अवार्डबाट सम्मानित समेत गर्‍यो । स्नातकोत्तर र स्नातकबाट दुई जना केटा र दुई जना केटीले अवार्ड पाए ।

स्नातकोत्तरमा विष्णुदत्त भट्टले ३.६५ ल्याउँदै ‘चान्सलर’ पदक पाए भने जानकी कुमारी विष्टले ३.४३ ल्याउँदै ‘भाइस चान्सलर’ पदक पाईन । स्नातक तर्फ निरज थापाले ३.९९ ल्याउँदै ‘चान्सलर’ पदक पाउँदा प्रतिभा भट्टले ३.९५ सहित ‘भाइस चान्सलर’ पदक पाईन् । ‘भाईसचान्सलर’ पदक महिलाहरुलाई मात्रै प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

पदक वितरसँग देखिएको विवाद र यसको यर्थातताः

पदक वितरणपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनीहरुले बढी अंक ल्याउनेले पदक नपाएको तर कम अंक ल्याएकाले पदक पाएको भन्दै विरोध गरे । ३.६० ल्याउने केटाले नपाउने तर ३.४२ ल्याउने केटीले अवार्ड पाएको भन्दै सामाजिक सञ्जालमा व्यंग प्रहार गरिएको छ । धर्मानन्द भट्ट लेख्छनु्, ‘धन्य ! मेरो सु.प. विश्वविद्यालय । धन्य हो पहिलो दिक्षान्त समारोह ३.४२ ल्याउनेलाई ‘गोल्ड मेडल’ ३.६० ल्याउने हेर्‍या हेरेइ।’

तर यस विषयमा विश्वविद्यालयले भने कुरा नबुझेर विवाद सिर्जना गरिएको जनाएको छ । शुप विश्वविद्यालयका रजिष्टार दिज राज भट्टले भाइस चान्सलर महिलालाई मात्रै प्रदान गरिने पदक भएको बताए । महिलाहरु मध्ये नै उत्कृष्ट छानेर उक्त पदक दिईएको उनको भनाई छ ।

चान्सलर पदक सबैभन्दा उत्कृष्ट छानेर प्रदान गरिएको भन्दै उनले भने, ‘यसमा कसैले पनि विवाद गर्नु जरुरी छैन्, यसको मापदण्ड नै महिला र उत्कष्ट भनेर छुट्याईएको हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org