ताजा समाचार

राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का आठै सांसद निर्विरोध

जनकपुर, १४ माघ । राष्ट्रिय सभाको लागि प्रदेश २ बाट सबै सांसद निर्विरोध निर्वाचित भएका छन् । संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले प्रदेश २ को खुला समूहबाट राष्ट्रियसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएपछि प्रदेश २ का आठै सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

महिला कोटामा तीन तथा अल्पसंख्यक र दलित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेको थियो । तर, खुला समूहको तीन दलका लागि चार जनाको उम्मेदवारी परेको थियो । हुसेनले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन् ।

संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष रिजवान अन्सारीले प्रधानमन्त्रीका साथै सबै दलको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । महिला समूहबाट माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव तथा फोरमकी प्रमिला कुमारी तथा अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल तथा दलित कोटाबाट फोरमका रामप्रित पासवान निर्विरोध भइसकेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org