ताजा समाचार

गणतन्त्र दिवसमा जेलबाट छुटेका भोजबहादुर लुटपाट आरोपमा फेरी पक्राउ

काठमाडौं, १७ माघ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर जेलबाट रिहा गरेका एक जना फेरी पक्राउ परेका छन् । गत जेठ १४ गते ‘आचरण सुधार गरेका’ भन्दै जेलबाट छुटेका रामेछाप दोरोम्बाका भोजबहादुर थापा मगर फेरी पक्राउ परेका हुन् । डाँका तथा चोरी मुद्दामा जेल परेका भोजबहादुर फेरी पनि चोरीको आरोपमा पक्राउ परेका हुन् ।

भोजबहादुरको समूहले ९ माघमा भक्तपुरको सूर्यविनायक–८, गणेश चोकमा रहेको मनोहर बस्नेतको घरमा चोरी गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले भोजबहादरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तीन जना फरार छन् ।

पक्राउ पर्नेमा भोजबहादुरसँगै सिन्धुलीको मरिन–८ का ४० वर्षीय मिलन भनिने रत्नाबहादुर तामाङ, काभ्रेको धुलिखेल–१ का २६ वर्षीय विष्णु भनिने अमृत तामाङ र काभ्रेको घुलिखेल–१० का २७ वर्षीय सानुकान्छा ब्लोन छन् । पक्राउ परेकाहरुको साथबाट ६ तोला पगालेको सुनको डिक्का, बा ८३ प ३७७३ नम्बरको एफजेड मोटरसाइकल, एक थान मोबाइल लगायत बरामद गरिएको छ ।

परिवारका सबैलाई बन्धक बनाएर गरे चोरीः
भोजबहादुरको समूहले ९ माघमा नजिक खाजा खाँदै बसेर बस्नेतको घरेको ‘रेकी’ गरेको थियो । उनीहरु बस्नेतको घरमा डेरा गरी बस्दै आएका रामबहादुर तामाङको कोठामा चोरी गर्न उपयुक्त समयको प्रतीक्षामा थिए । जब बिहानको २ बज्यो, उनीहरुको समूह पेस्तोल र खुकुरीसहित तामाङको कोठामा छिर्‍यो ।

हतियार देखाएर कसैले आवाज निकालेमा ज्यान मार्ने त्रास देखाए । त्यतिमा मात्रै उनीहरु सीमित रहेनन्, परिवारमा भएका सदस्यको हात, खुट्टा डोरीले बाँधे । सबैलाई बन्धक बनाइसकेर उनीहरुले १६ लाख रुपैयाँ बढीको नगद, सुनका गरगहना लगायत लुटे ।

भाग्ने क्रममा घरमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मोटरसाइकल लिएर भागे । पीडितको उजुरीका आधारमा प्रहरीले डकैतीमा संलग्नहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org