प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ कुन दलले कति सिट प्राप्त गरे ?

काठमाडौं, २६ माघ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको समानुपातिक परिणाम सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपाति निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या तोकेको हो।
शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्यालाई आजै सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरेर पठाएको छ । ४९ राजनीतिक दलमध्ये पाँच राजनीतिक दलले मात्रै सिट प्राप्त गर्न सफल भएको आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा धेरै मत एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२५ प्रतिशत पाएको छ भने सबैभन्दा कम हाम्रो पार्टीले ४२६ मत प्राप्त गरेको छ ।
तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिक सिट पाउने संवैधानिक व्यवस्था छ । त्यस अनुसार समानुपातिकको ११० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६र६ सिट पाएका छन् । नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ।
राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेकपा एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ ।
यसो गर्दा एमालेले चार, कांग्रेसले २०, माओवादी र फोरमले एक(एक पुरुषलाई मात्र समानुपातिक सांसद बनाउन सक्नेछन् । राजपाले भने सबै महिला मात्र पठाउनुपर्नेछ । आयोगले माघ २९ गतेभित्र विजयी गरिने सांसदहरुको नाम बुझाउन दलहरुलाई आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
पाथीभरा केबुलकार विवादः दोहोरो झपडमा १३ घाइते
काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन्।...
-
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
काठमाडौं । हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ। आज बुद्ध एयरको ७२...
-
राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल आवश्यक छ: नेता श्रेष्ठ
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष...
-
गण्डकी पब्लिक बोर्डिङ स्कुलको ‘खेलकुद कार्यक्रम’ सम्पन्न
काठमाडौं । गण्डकी पब्लिक बोर्डिङ स्कुलले वार्षिक खेलकुद कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । काठमाडौंको म्हेँपिमा अवस्थित उक्त स्कुलले माघ २३...
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
काठमाडौं । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका...
-
प्रेस चौतारी कर्णाली अध्यक्षमा सिम्खडा निर्वाचित
काठमाडौं । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्षमा कालिकोटका प्रेमराज सिम्खडा निर्वाचित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रेस चौतारी...
-
बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते
काठमाडौं । बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । साँफे–मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका–१...
-
ट्रकले ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाईते
काठमाडौं । मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु भएको छ। शुक्रबार बेलुकी ७ः५० बजे मकवापुरको हेटौडा...
-
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका यो वर्ष पनि उत्कृष्ट
काठमाण्डौ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । छ वटा...