ताजा समाचार

टाउको र शरिरमा चोट लागेको अवस्थामा घरभित्र मृत फेला परिन् महिला

अछाम, २९ माघ । अछाममा घरभित्रै एक महिला मृत अवस्थामा भेटिएकी छन् । कमलबजार नगरपालिका(२ मानसैन निवासी ३३ वर्षीया पवित्रा खड्का मृत फेला परेकी हुन् ।

टाउको र शरिरमा चोट लागेको अवस्थामा शव भेटिएको र अनुसन्धान जारी रहेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धानका लागि पवित्राका पति ३५ वर्षीय केशर खड्कालाई निन्त्रणमा लिइएको छ । पवित्राको आइतबार राति हत्या भएको हुनसक्ने अछाम प्रहरीले अनुमान गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org