ताजा समाचार

ललिपुरमा एक होटल सञ्चालकको घरमा इटालियन नागरिकको मृत्यु

ललितपुर, ३ फागुन । ललितपुरको गोधावरीमा एक जना इटालियन नागरिकको ज्यान गएको छ । कुपण्डोलस्थित होटल ग्रिनवीच भिलेजमा बस्दै आएका ७२ वर्षीय फ्रेस्सको पिएट्रो भ्यान्सलीको ज्यान गएको हो ।

ग्रिनवीच होटलका सञ्चालक प्रविण आचार्यको घरमा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिए । उनलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो । उनी बाथरुपमा लडिरहेको अवस्थामा भेटिएका थिए ।

यसैबीच, प्रहरीले उनको मृत्यु अस्वभाविक भन्दै अनुसन्धान सुरु गरेको छ । उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । सञ्चालकलाई निगरानीमा राखिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org