ताजा समाचार

रक्सी खाएर भात नपकाएको भन्दै कुटपिट गर्दा श्रीमतीको मृत्यु

कञ्चनपुर, ३ फागुन । कञ्चनपुरमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले कुटपिट गरेर श्रीमतीको हत्या गरेका हुन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया पत्नी लाहु डगौरालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरमा पत्नी मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै उनले कुटपिट गरेका थिए । सम्झाउने क्रममा विवाद हुँदा कुटपिट गरेको र सो घटना हुन पुगेको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org