ताजा समाचार

चालक निदाउँदा सिन्धुलीमा बोलेरो जीप दुर्घटना, ४ जनाको मृत्यु, १७ जना घाइते

सिन्धुली, ४ फागुन । सिन्धुलीमा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर १७ यात्रु घाइते भएका छन् । बस बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, सेल्फीडाँडा नजिकै डबल क्यापमा दुर्घटनामा परेको हो ।

सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप बेलुका ५ बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा गोलान्जोर गाँउपालिका –५, रतनचुरा निवासी १९ वर्षीय नवराज थापा, ५० वर्षीया लक्ष्मी देवकोटा, २० वर्षीय युवराज लुंगेलीमगर र २२ वर्षीय रेशम कार्की रहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिन्धुली अस्पतालमा अहिले १४ जना यात्रुको उपचार भइरहेको छ । गम्भीर घाइते भएका अन्य तीन जनालाई थप उपचारका लागि रिफर गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए । गाडी चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिक संलग्न थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org