ताजा समाचार

अज्ञात समूहको खुकुरी प्रहारबाट एकको हत्या

 

धनगढी, १८ फागुन । कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ ।

सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर बोहराले बताउनुभयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ । घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

पहाडी जिल्ला र तराईंका जिल्लामा छुट्टाछुट्टै दिन होली पर्व मनाउने गरिए पनि कैलाली र कञ्चनपुर जिल्लामा दुबै दिन होली मनाउने चलन छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org