ताजा समाचार

फोरम सरकारमा सहभागी हुने

काठमाडौं,२२ फागुन । संघीय समाजवादी फोरमको आज विहान बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ । फोरम पदाधिकारीहरुको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

आजै वाम गठबन्धन र फोरमबीच सहमति गर्ने तयारी रहेको छ । एमाले र माओवादीले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ । मन्त्रालय बाडफाडको विषयमा सहमति नजुटेका कारण फोरमसंगको पछिल्लो बैठक स्थगित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org