ताजा समाचार

महिलाहरु आरक्षणको साहरा लिएर होइन खुल्ला प्रतिस्पर्धामा आउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौंडा,२४ फागुन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले महिलाहरु आरक्षणको साहरामा नभइ खुल्ला ढंगबाट प्रतिस्पर्धामा आउनुपर्ने बताएका छन् ।

आज भएको १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ मकवानपुरले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै उनले सधै आरक्षणको कुरा गर्दा प्रतिस्पर्धा नै गर्न सक्दैनन भन्ने बुझिने भन्दै पुरुष सरह खुला प्रतिस्पर्धी बन्दै आफूलाई अब्बल रहेको देखाउनु पर्ने बताएको हो ।

पौडेलले अब हसिँया, कुचो कोदालो बोकेर आन्दोलन गर्ने समय नभइ मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बेला आएको बताउनु भयो । त्यस्तै गरी नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुको योगदान रहेको भन्दै उनले नारी शक्तिको सहयोगविना समृद्धि सम्भव नहुने बताएका छन् ।

उनले आन्दोलनमा उठाएका सामग्री मुलुक समृद्ध बनाउने अभियानमा लगाउन आग्रह समेत गरे । आन्दोलनको मेहनत अब समृद्धिको लागि गर्नु पर्नेमा उनको जोड रहेको
छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org