कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते
रत्ननगर, चितवन, २९ फागुन । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा१२च ४६१५ नंको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु सडकखण्डको चुम्लिङटारस्थित सडक किनारामा आज बिहान ३ बजे भएको दुर्घटनामा परी कारमा सवार धादिङ जिल्ला थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलेज अफ मेडिलक साइन्सेज भरतपुरमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनिघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते भएका छन् । रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । (रासस)
Comments
अरु समाचार
-
सात करोडको काठ वन कार्यालयमै कुहिँदै
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको...
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते...
-
मोरङ र झापा खाँदबारीमा जारी तीनपोखरी आमन्त्रण कपको सेमिफाइनल प्रवेश
काठमाडौं । सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली प्रवेश गरेका...
-
सिद्धबाबामा सुरुङमार्ग माघ आठ गते ‘ब्रेक थ्रु’ हुने
काठमाडौं । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान...
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
काठमाडौं । गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...
-
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।...