ताजा समाचार

चट्याङ लागेर आमाछोरीको मृत्यु

चौतारा, २९ फागुन।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित घुङ्गा भन्ने स्थानमा चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।

 छब्बिस वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामबाट उक्त स्थान करिब ४० किलोमिटरको दूरीमा रहेको र चट्याङबाट पाँच वटा चौपायासमेत मरेको जनाइएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org