ताजा समाचार

मुख्य न्यायाधिवक्ता डिसीद्वारा शपथ

बुटवल, २ चैत ।  प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, कानुन मन्त्री कुलप्रसाद केसीलगायत प्रदेश ५ का उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org