तीन महिनादेखि प्रजिअ र सहायक प्रजिअविहीन भएकाे छ उदयपुर
गाईघाट, उदयपुर, ९ चैत । जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन हुँदा प्रशासनिक र न्यायिक कार्यमा अवरोध भएको छ ।
प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर जानु भएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्की समेत अन्यत्र गएदेखि हालसम्म कार्यालय प्रशासन प्रमुखविहीन बन्न पुगेपकाले प्रशासकीय अधिकृत कुमार खड्काले निमित्त प्रजिअको कार्यभार सम्भाल्दै अाएका छन् ।
प्रजिअ तथा सहायक प्र्रजिअको अभावमा तीन महिनादेखि जिल्ला प्रशासन कार्यालयमा झण्डै २०० विभिन्न प्रकारका सार्वजनिक मुद्दा अनिर्णित भएर रहेको कार्यालयले जनाएको छ ।
कर्मचारी भन्छन्, “प्रशासनमा उजुरी आइरहेका छन्, आफूहरुलाई निर्णय गर्ने अधिकार छैन, जनताले दुःख पाएका छन् ।”
निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन दिने नयाँ सरकारले घोषणा गरेपनि जिल्लामा अहिलेसम्म पनि प्रजिअ र सहायक प्रजिअसमेत व्यवस्था गर्न नसकेकामा नेकपा माओवादी केन्द्रका नेत्री तथा पूर्वसांसद मणि खम्बूले चिन्ता व्यक्त गरे ।
प्रमुख प्रशासक नहुँदा आफूले गर्न मिल्ने जति कार्य सक्दो गरेपनि मुख्य केही कार्य गर्न अधिकार नभएककाले समस्या परेको निमित्त प्रजिअको को कार्यभार सम्भाल्नुभएका प्रशासकीय अधिकृत खड्काले बताए ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...