ताजा समाचार

खुमबहादुर खड्काको स्वास्थ्य जटिल बन्दै : भेन्टिलेटरमा राखियाे

 

काठमाडाैं,९ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य  निकै  बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखिएकाे छ । उनकाे  स्वास्थ्य स्थिति  जटिल  बन्दै गएपछि उनलाई  बुधबारबाट भेन्टिलेटरमा  राखेर उपचार सुरु गरीएकाे हाे ।

 उनकाे उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ । उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित   छन् ।

मिर्गौला प्रत्यारोपण गरेपछि खड्काको स्वास्थ्यमा समस्या  देखिन थालेकाे थियाे । उनलाई  फागुनमा नयाँदिल्ली लगिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org