ताजा समाचार

रणवीरले १५ मिनेट नाचेबापत आइपीएलले ५ करोड दिने

भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनपछि सुरु हुने इन्डियन प्रिमियर लिग क्रिकेटको उद्घाटन समारोहमा उनको प्रस्तुति हुने तय भएको छ । र, यसका लागि उनले मोटो पारिश्रमिक पनि पाएका छन् ।

रणवीरलाई करिब १५ मिनेट नाच्नका लागि ५ करोड भारु पारिश्रमिक दिन लागिएको हो । यो रेटले उनलाई सुपरस्टारको तहमा राखेको छ ।

रणवीरको भारतभरी हरेक उमेरका फ्यान छन् । त्यही भएर आइपीएलले उनलाई प्राथमिकतामा राखेको थियो ।

पद्मावतपछि रणवीर यतिबेला अर्को फिल्म ‘गली ब्वाई’ को सुटिङमा व्यस्त छन् । यस फिल्ममा उनको अपोजिट आलिया भट्ट छिन् । यस फिल्मको निर्देशन जोया अख्तरले गर्दैछिन् । यसका अलावा निर्देशक रोहित शेट्टीको आगामी फिल्म ‘सिम्बा’ मा पनि रणबीर सिंहले लिड रोल निभाइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org