ताजा समाचार

बोक्सीको आरोपमा कुटपिट गर्ने पुर्पक्षमा

धनगढी, २० चैत । कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार पठाइएको छ ।

घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् । पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org