ताजा समाचार

भारत भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडाैं,२५ चैत । तीन दिने भ्रमणका लागि शुक्रबार भारत गएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ स्वदेश फिर्ता भएका छन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा  अाेली शुक्रबार भारत भ्रमणमा गएका ओली केही बेर अघि स्वदेश फर्किएका हुन्।

नयाँ दिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन सम्झौता हुनुका साथै १२ बुँदे संयुक्त वक्तव्य समेत जारी भएको थियो। ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै फर्किएका ओलीलाई नेपाल सरकारका उच्च पदस्थ सरकारी अधिकारीले विमानस्थलमा स्वागत गरेका छन्।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुअघि दिल्लीमा नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताएका हुन्। ‘नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए, सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पुर्‍याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले भूमिका खेलेको छ,’ ओलीले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा भारतीय सहयोगको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको प्रष्ट पारेको उनले बताए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org