ताजा समाचार

सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले गरे हिरासतमा  आत्महत्या,प्रहरीले घटना लुकाउन खाेजेकाे आरोप

काठमाडाैं,३० चैत । साढे ३३ केजी सुन तस्करीमा संलग्न रहेकाे अभियाेगम समातिएका अभियुक्त  प्रेमराज चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

 हिरासतमा रहेका  चाैधरीले बिहान ५ बजे तीर बाथरुममा आत्महत्या गरेकाे काठमाडौं प्रहरी परिसरले बताएकाे छ ।

यसअघि तस्करले यूएईबाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पठाएकाे साढे ३३ केजी सुनसम्बन्धित व्यक्तिसम्म नपुगी  बीचकै गाएब भएको थियो ।हराएकाे  त्यो सुन खोज्ने क्रममा भरिया शनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेकाे छ । घटना लुकाउन प्रहरीकै उच्च अधिकारीहरुको समेत संलग्नता रहेको हुन सक्ने अनुसन्धान समितिले आशंका गरेको छ ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org