ताजा समाचार

नेपालीलाई ६ महिना बन्धक बनाउने पक्राउ

 काठमाडाैं,३० चैत । राम्राे जागिर लागाइदिने अासामा  टोगोमा नेपालीलाई बन्धक बनाउने एक जना पक्राउ परेका छन् ।

अमेरिकाको मन्टिपल भिसामा राम्रा जागिर लगाइदिने भनेर बन्धक बनाउने पर्साको ठोरी गाउँपालिका–६ का २७ वर्षीय सुरेन भनिने मोहन श्रेष्ठ लाई  प्रहरीले पक्राउ गरेकाे हाे ।

उनले नेपाली युवालाई मलेसिया, सिंगापुर, इथियोपिया, नाइजेरिया र बेनिन हुँदै टोगोमा पुर्‍याएर ६ महिनासम्म होटलमा बन्धक बनाएको आरोप लागेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता जीवन श्रेष्ठले बताए ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत, काठमाडौंबाट मानव बेचबिशन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको ब्यूरोका प्रवक्ता श्रेष्ठले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org