ताजा समाचार

प्रचण्डले शिक्षकहरुलाई भनेः छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु

काठमाडौं, ३ वैशाख । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले छोराछोरीहस्लाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने निर्देशन दिएको हो ।

प्रचण्डले सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै त्यसका लागि सबैले प्रतिबद्धता गर्नुपर्ने बताउनु भयो ।
निजी विद्यालयहरुका सम्बन्धमा शुल्क घटाउन दवाव सिर्जना गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अहिले निषेध नै गरेर जान नहुँने उल्लेख गरे । ‘निजी क्षेत्रलाई थोरै प्रेसर क्रेट गरौं, उनले भने,’निषेध गरेर पनि हुँदैन ।’

उक्त कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत शिक्षकहरुलाई निर्देशन दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org