ताजा समाचार

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बुढीगण्डकी जलविद्युत आयोजनाबारे छलफल नहुने

काठमाडौं, ३ वैशाख । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा बुढीगण्डकी जलविद्युत आयोजनाबारे कुनैपनि छलफल नहुने बताएका छन् ।

परराष्ट्र मन्त्री ज्ञवालीले मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गरी बुढिगण्डकी लागयत पुर्ववर्ती सरकारले गरेका निर्णय र कामबारे वर्तमान सरकारले अध्ययन गरिरहेकाले त्यसवारे अहिले नै कुनै निर्णय नगर्ने स्पष्ट पारेका हुन् ।

उनले यसअघि चिनसँग भएका सहमति, सम्झौता र सहयोगका बारेमा बृहद छलफल गर्ने बताए । ज्ञवाली आज साँझ ५ दिने चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

उनले पहिलो पटक केपी ओली प्रधानमन्त्री भएका बेला बेइजिङमा भएको पारवहन सम्झौताको डकुमेन्ट गत अगस्तमा मात्रै बुझाएको र उक्त प्रतिवेदनबारे अध्ययन भइरहेको पनि जानकारी दिनु भयो ।

उनले तातोपानी, चिलेमे, केरुङ र कोरला नाका खुलाउने विषयमा आफ्नो भ्रमण केन्द्रीत रहने समेत बताए । ‘तातोपानी, चिलेमे, केरुङ र कोरला नाका खुलाउने विषयमा धेरै कुराको दुईपक्षीय रुपमा पहचिान भइसकेको छ अव ति विषयलाई कसरी छिटो निश्कर्षमा पुरयाँउन सकिन्छ भन्नेमा यो भ्रमण केन्द्रीत हुन्छ’ मन्त्री ज्ञवालीको भनाई छ ।

तातोपानी नाका खुलाउने प्रयास यसअघि नै भएपनि डाँडो नै हल्लिएकाले सो नाका खुलाउन केहि समय लाग्न सक्ने भएकाले अरु नाका चाडो खुलाउन पहल गरिने उनको भनाई छ । त्यस्तै भ्रमणका बेला नेपालमा भएको तीनै तहको चुनावबारे चिनियाँ पक्षलाई जानकारी गराउने तयारी गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै परराष्ट्र मन्त्री ज्ञवालीले २०१८ उच्चस्तरीय भ्रमणको बर्षको रुपमा रहने भन्दै नेपालका प्रधानमन्त्री चीन जाने र चिनियाँ उच्चपदाधिकारीहरु यो बर्ष नेपाल आउने दावी समेत गरे । नेपालले दुई छिमेकी देशबीच पन्चशीलकै आधारमा सम्बन्ध विस्तार गर्ने मन्त्री ज्ञवालीले सुनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org