कर्मचारीले मागे आवासदेखि खाजासम्मको माग, मुख्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र
पोखरा, १० वैशाख । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती समिति प्रदेश ४ ले प्रदेश निजामती कर्मचारी अस्पताल निर्माण लगायतका १५ बुँदे माग मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बुझाएको छ ।
ज्ञापन पत्रमा निजामती कर्मचारीका बालबच्चा पढाउन निजामती विद्यालय, सबै स्थानीय तहमा कर्मचारी आवास, सञ्चयकोषको बोनस कोषका कर्मचारी र सञ्चयकर्तालाई समान हुनुपर्ने, कर्मचारीलाई खाजाको व्यवस्था गर्न पनि माग गरिएको छ ।
त्यस्तैगरी, संगठनले महिला कर्मचारीका लागि स्तनपान कक्ष, १८० दिन भन्दा बढी काम गरेपछि बिदाको रकम दिनुपर्ने, निर्वाचनमा मताधिकारको ब्यवस्था हुनुपर्ने, राष्ट्र बैंकका कर्मचारीसरह सुविधा, लामो समयसम्म बढुवा नभएका कर्मचारीलाई मानार्थ उपल्लो श्रेणीमा बढुवा हुने अवसर प्रदान गर्नुपर्ने माग पनि राखेको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले कर्मचारी संगठनले उठाएका जायज मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘प्रदेश सरकारले पूरा गर्नसक्ने मागहरु यहीँ पूरा गर्छौं, संघीय सरकारलाई पठाउनुपर्ने माग उतै पठाइदिन्छौं ।’
करारमा रहेका कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, निजामती सेवा ऐन बमोजिम अवकास योजना अविलम्व लागू गर्नुपर्ने माग पनि गरिएको छ ।
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...