ताजा समाचार

चट्याङ लागेर सात घाइते, गहूँबाली नष्ट

 

अछाम, १५ वैशाख । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् ।

असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् ।

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पर्याएकाे रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए । “उनले भने; पाकेको गहुँ असिनाले लग्यो, अब के खाने भन्ने चिन्ताले सताउन थाल्यो ।” आधा केजीसम्मको असिना परेपछि तरकारी र गहूँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org