ताजा समाचार

 मोदीलाई नेपालमा स्वागत गरे राष्ट्रिय स्वाभिमानविरुद्ध हुने

काठमाडाैं,१७ वैशाख ।नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गरे राष्ट्रिय स्वाभिमानविरुद्ध हुने नेपाल कम्युनिस्ट पार्टी मसालले बताएको छ ।

 मसालले अाज विज्ञप्ति निकालेकाे छ। नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दवाव दिएको, नेपालविरुद्ध नाकाबन्दी लगाएको, नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने काम गरेको र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको आरोप मसालले लगाएको छ ।

त्यसैले मसालको विज्ञप्तिमा लेखिएको छ, ‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसैले हामीले उनको सरकारी वा गैरसरकारीस्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्दछौं ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org