ताजा समाचार

पदाधिकारी मनोनित गर्ने तयारी गरेकाे कांग्रेसकाे बैठक स्थगित 

 

काठमाडाैं,१७ वैशाख। नेपाली कांग्रेसको आज बस्ने  निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ ।

अाजकाे बैठकले पदाधिकारी मनोनित गर्ने तयारी गरेकाे थियाे । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका लागि स्थगित भएकाे हाे । अब कांग्रेस बैठक २१ गते दिउँसो २ बजे बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले आज पदाधिकारी मनोनित गर्ने तयारी गरेका थिए । तर सभापतिले सहमति नगरी बहुमतीय प्रकृयामा जान खोजेको भन्दै पौडेल पक्षले असहमति जनाएकाे थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org