श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
लहान, १९ वैशाख । आफ्नै श्रीमान्को कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उहाँकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् ।
मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भएकी प्रभालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले जानकारी दिनुभयो ।
यसअघि पनि आफ्नो बहिनीलाई पटकपटक कुटपिट गर्ने गरेको रामसागरले बताउनुभयो । प्रभाको शव परीक्षणका लागि सिरहा जिल्ला अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
मृतकको नाकबाट हल्का रगत आएकाले कुटपिटको आशंका गरिए पनि परीक्षणपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ । प्रहरीले कुटपिट गरेको आरोपमा मृतकका श्रीमान् कृष्णलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...