ताजा समाचार

सरकारसँग वार्ताकाे माध्यमबाट समस्या समधान गर्न अाफूहरु तयार : यातायात व्यवसायी

यातायात व्यवसायीहरूको छाता संगठनहरूले बुधबार राजधानीमा अायाेजित पत्रकार सम्मेलमा १३ बुँदे मागलाई सुझावका रूपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई अनुराेध गरेका छन् ।

यातायात व्यवसायीहरूले संयुक्त प्रेस विज्ञप्ति निकालेर हामी हरेक क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गरी लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदूर, कर्मचारीको संरक्षण गर्दै आधुनिक नेपाल निर्माणमा हातेमालो गर्दै यस संगठन तयार रहेको जानकारी गराउँदछौं,’ भनि  प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सरकारले यातायात व्यवसायी संघ संस्थालाई असार मसान्तपश्चात नविकरण नगर्ने भनेपछि उक्त अवधिभित्र नविकरणको व्यवस्था मिलाइदिनुपर्ने जस्ता अन्य १३ बुँदे सुझाव विज्ञप्ति समेटिएको छ।

यातायात व्यवसायीहरूकाे संयुक्त प्रेस विज्ञप्ति

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org