ताजा समाचार

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा

 

 

जनकपुर,२८ वैशाख । दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी एयर इन्डियाको विमानबाट जनकपुर विमानस्थलमा उत्रिएका हुन् ।

जनकपुरमा आईपुगेका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरेका थिए ।स्वागत कार्यक्रम पछि मोदीले जानकी मन्दिरमा पूजा गर्ने र नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । ।

जनकपुरबाट मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने भएका छन् ।मोदीलाई बस्ने व्यवस्था होटल हायातमा मिलाइएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर बसेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मान अर्पण गर्ने कार्यक्रम रहेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org