ताजा समाचार

ठगी गरेको अाराेपमा माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक पक्राउ

 

काठमाडौं,७ जेष्ठ । ठगी गरेको आरोपमा माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक गजमेरलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

विभिन्न व्यक्तिबाट रकम ठगी गरेको उजुरीको आधारमा गजमेरलाई पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताएका छन् । गजमेरले ३५ लाख रुपैयाँ ठगी गरेको एक महिलाले प्रहरीमा उजुरी दिएकी छिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org