ताजा समाचार

सगरमाथा चढ्न सघाउने एक अनुभवी गाइड शेर्पाको लडेर मृत्यु

काठमाडौं ८, जेष्ठ । सगरमाथा आरोहीलाई सघाउने क्रममा एक नेपाली गाइडको मृत्यु भएको छ ।

सोमबार राति सगरमाथाको दोस्रो शिविर नजिकैको खोँचमा खसेर ३८ वर्षीय दमाइ सार्की शेर्पाको मृत्यु भएको हो ।

आरोहीहरुलाई सघाउन गएका शेर्पा इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड्स एसोसिएनबाट लाइसेन्स प्राप्त अनुभवी गाइड हुन् ।

खोचमा खसेका शेर्पाको उद्धार गरिए पनि केहि घण्टापछि उनको निधन भएको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट एक्सिपडिसन कम्पनीका प्रवक्ता निभेष कार्कीले जनाएका छन् ।

यो सिजनमा यसअघि नै तीन जना आरोहीको सगरमाथा चढ्ने क्रममा मृत्यु भइसकेको छ । एक जापानी आरोही, एक शेर्पा गाइड र एक मेसोडोनिएन आरोहीले सगरमाथा आरोहणको क्रममा ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी एक रसियन आरोहीको भने ल्होत्से हिमाल आरोहणको क्रममा मृत्यु भएको छ । ल्होत्से आरोहण गर्न पनि सगरमाथाकै रुट भएर जानुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org