ताजा समाचार

नेपालको अस्तित्व जोगाउन पूर्वराजाको भूमिका खोज्नुपर्छ

वीरगञ्ज ९, जेष्ठ । भारतका जगतगुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपालमा धार्मिक तथा सांस्कृतिक क्षेत्रबाट पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका खोज्नुपर्ने बेला भएको भन्दै उनले मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन गरेका छन् ।

नेपालमा राजतन्त्रकालमा कुनैपनि धर्मलाई विभेद नगरिए पनि राजा हटेपछि हिन्दु धर्ममाथि अतिक्रमण बढेको बताएका हुन् । काठमाडाैमा प्रधानमन्त्री आेलिसँग आफूले गोप्य वार्ता नगरेको तर, हिन्दु धर्मको बारेमा चिन्ता मात्र व्यक्त गरेको जनाएका छन् ।

सनातन हिन्दु धर्मलाई पश्चिमा धर्मले सेवाका नाममा अतिक्रमण गरिरहेका छन् । उनले भने, क्रिश्चियनले शाेषणको अभियान चलाएर हिन्दु धर्मावलम्बीलाई अल्पसंख्यकमा पारिरहेका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org