ताजा समाचार

जिल्ला अदालत मोरङमा गोरेको बयान सुरु

काठमाडौं ९, जेष्ठ । गोल्ड डनको उपाधि पाएका चुडामणि उप्रेती ‘गोरे’ को जिल्ला अदालत मोरङमा बयान सुरु भएको छ ।

न्यायाधीश नारायण शर्माको इजलासमा गोरेले बयान दिइरहेको अदालतले जनाएको छ । उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ’, अदालतका एक अधिकारीले भने । उप्रेती बुधबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए ।

उनलाई गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेर अदालतमा पेश गरिएको थियो ।

यसअघि मंगलबार मात्रै प्रकरणका ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो । त्यसमध्ये एक जना धरौटीमा छुटेका छन् भने एक जनालाई सामान्य तारेखमा छाडिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org