सालकको गणना सकियो
चितवन ९ जेष्ठ । अति संकटापन्न जनावर सालकको गणना सम्पन्न भएको छ ।
दुर्लभ स्तनधारी जनावरको संरक्षण गर्ने उद्देश्यले चितवन, गोरखा र मकवानपुरका १६ वटा समुदायिक वनमा सालक गणना गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७४ फागुन ९ गतेदेखि सालकको गणना शुरु गरेको थियो । चितवनका पाँच, गोरखाका चार र मकवानपुरका सातवटा सामुदायिक वनमा सालकको गणना गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टरार्ईले लजालु स्वभाव रहेको जनावर सालकको अवस्था पत्ता लगाई संरक्षण क्षेत्र बनाउने उद्देश्यले सालकको गणना गरिएको बताए । चितवनको कंकाली सामुदायिक वनबाट शुरु गरिएको गणना सकिएको भए पनि तथ्यांक संकलन गरी असार १५ सम्ममा सार्वजानिक गर्ने तयारी भइरहेको उनले बताए ।
विश्वमा आठवटा प्रजातिका सालक रहेका छन् । नेपालमा कालो र तामे सालक मात्रै पाइएको तथ्यांक छ । सालक संरक्षण अभियानमा सबै सरोकारवालाको सहयोग आवश्यक रहने बताउँदै उहाँले गणनापश्चात् सालकको संरक्षणमा थप सहयोग पुग्ने बताए ।
जिल्ला वन कार्यालयका प्रमुख केदार पौडेलले समुन्द्री सतहदेखि ६०० मिटरदेखि एक हजार ५०० मिटर उचाइसम्म सालक पाइने बताए । यसको संरक्षण आवश्यक रहेको र संकलन संकलन गर्नु अपरिहार्य रहेको उनले बताए । हरेक वन क्षेत्रमा क्यामेरा जडान गरी एक हप्ताको समय लगाएर सालक गणना गरिएको हो । क्यामेरा ट्रापिङ विधिबाट अध्ययन भएको र हरेक वनमा प्राविधिकसहित १० जनाको टोली खटिएको थियो ।
स्तनधारी जनावर सालकको मासु र खपटा अन्तर्राष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखेको छ । यो ऐनको दफा, २६ को उपदफा, २ मा सालक मारेमा वा यसको अंगको व्यापार गरेमा रु ४० हजारदेखि रु ७५ हजार जरिवाना तथा एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...