ताजा समाचार

प्रतिदिन लाख बढि व्यारल तेल उत्पादन गर्ने सूडान सधै गरिबीकाे रेखामुनि

 

 

एजेन्सी – सूडान  उत्तर  पूर्व  अफ्रिकामा  अवस्थित  एक गरिब र कमजोर देश मानिन्छ । दुनियाको सबैभन्दा गरिब देश सूडानमा ९६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । सूडानमा ९७ प्रतिशत मुसलिम रहेका छन् । यो देशमा पानीको अभावले गर्दा खडेरीको सामना गर्नुपर्ने हुन्छ । याे देशकाे क्षेत्रफल २५ लाख ५ हजार ८ सय १३ वर्ग किलाेमिटर रहेकाे छ भने जनसंख्या ४ कराेड २२ लाख ७२ हजार रहेकाे छ।

सूडान मिस्र र ब्रिटेनबाट १ जनवरी १९५६ मा अलग भएको थियो । दक्षिण अफ्रकाको सबैभन्दा ठूलो राज्य सूडानलाई मानीन्थ्यो तर जुलाइ २०११ मा यो देश दुइ राज्यमा बिभाजित भयो । अहिले भने दक्षिण अफ्रिकाको दोस्रो ठूलो देश मानिन्छ ।

सुडानको अर्थब्यवस्थालाई बलियो बनाउने अधार पेट्रोलियम पदार्थ हो । सूडानले प्रति दिन एक लाख २५ हजार व्यारल तेलको उत्पादन गर्दछ । चीन क्यानडा लगाएतका देशले सुडानबाट तेलको आयत गर्ने गर्दछ । सुडानि मुद्रालाई सुडान पाउन्ड भनिन्छ । सूडान शब्दको अर्थ अरवीकमा कालो भनेर बुझिन्छ । यो देशमा महिला र पुरुषको विवाह उमेर तोकिएको छ ।

विवाहका लागि पुरुषको हकमा १६ देखि १८ वर्षको हुनुपर्दछ भने महिलाको हकमा १६ वर्ष देखि तलकाे उमेर हुनुपर्दछ ।। यो देशमा विवाह विधि दुइ हप्ता सम्म चल्ने गर्दछ । प्रति दिन एक लाख २५ हजार व्यारल तेलको उत्पादन गर्ने देश भएपनि अहिले सम्म त्यहाँका जनता गरिबी र भाेककाे चपेटामै पिल्सिएका छन् । शिक्षा स्वास्थय लगाएतका क्षेत्रमा पनि उतिकै पछि रहेकाे सूडान पछिल्ला धार्मिक र जातियताकाे द्वन्दले पछि परेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org