ताजा समाचार

सुन काण्ड: मोरङमा एमाले कार्यकर्ता पक्राउ

विराटनगर ११, जेष्ठ । मोरङको उर्लाबारीबाट एमाले कार्यकर्ता रेवत आचार्य साढे  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा पक्राउ परेका छन् ।

उनलाई बिहीबार जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे पक्राउ गरेको हो ।  चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

गएको संसदको चुनावमा गोरेसँग सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराउने व्यक्ति आचार्य थिए । उर्लाबारी ५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल छ ।

प्रहरीले भने आचार्यलाई पकाउ गरिएको विषयमा स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । मोरङका कार्यवाहक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापाले यो विषयमा थप खुलाउन चाहेनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org