ताजा समाचार

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

विराटनगर, ११ जेठ । मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा बिहीबार ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

सोही गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीया नौनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, निमुवाले जनाएको छ ।
उनलाई ठक्कर दिने ना ७ ख ७०१९ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन् ।

आगलागी 

यसैबीच, मोरङको बेलबारी–७ मा गएराति ११ बजे अचानक आगलागी हुँदा एक परिवारको रु ५० हजारभन्दा बढी क्षति भएको छ ।

सो वडाको बाहुनी बस्ने दिलमाया ठकुरीको घरमा अचानक आगलागी हुँदा एकतले घर र घरभित्र रहेका सामानमा लत्ताकपडा, खाद्य सामग्री, भाडावर्तन र हाँस, कुखुरा जलेर नष्ट भएको १ नं प्रहरी प्रदेशको कार्यालय, विराटनगरले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org