ताजा समाचार

सरकारद्वारा मलेसियाका लागि भिसा प्रक्रिया बन्द

काठमाडौं १२, जेष्ठ । सरकारले रोजगारीका लागि मलेसिया जाने प्रक्रिया स्थगन गरेको छ । अब भने भिसा लागिसकेका बाहेक नयाँ कामदारका लागि भने तत्कालका लागि स्थगन गरिएको छ ।

अहिले कामदारबाट भैरहेको असुली रोक्न मलेसिया सरकारलाई दबाब सिर्जना गर्न यस्तो कदम चालिएको जनाइएको छ।

मलेसियाको नयाँ सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको पनि छैन । मलेसियाको नेपालस्थित दूतावासले भने नेपालले अवैध घोषणा गरेर मलेसिया सरकारका तर्फबाट खडा गरिएका संयन्त्रमाथि थालेको छानविनमा सघाउने बताएको छ ।

त्यसका लागि उसले कामदारलार्इ भिसा दिने प्रक्रिया नै बन्द गरिदिएको छ । यसैको प्रतिक्रिया स्वरुप नेपाल सरकारले पनि मलेसियाबाट आउने मागपत्रमा पूर्व श्रम स्वीकृति दिन रोकेको छ । योसँगै वार कि पारको ‘लडाइँ’ सुरू भएको छ ।

मलेसियन सरकारलाई दबाब सिर्जना गर्ने र कुटनैतिक ढंगले समस्याको समाधान गर्नका लागि यो कदम चाल्नु परेको एक उच्च अधिकारिले जनाए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org