ताजा समाचार

बलिउड अभिनेत्री आलियाको फिल्म सय करोड क्लबमा, उकालो लाग्दै उनको स्टारडम

काठमाडाैं १४, जेष्ठ। बलिउड नायिका आलिया भट्टले अभिनय गरेको चलचित्र ‘राजी’ले भारतको बक्स अफिसमा सय करोड कमाई गरे संगै उनको स्टारडम चम्किएको छ ।

नारीलाई प्रमुख भूमिकामा राखेर निर्माण गरिएको यो चलचित्रले सय करोड कमाएसँगै आलियालाई नयाँ स्टारको रुपमा हेर्न थालिएको छ ।

चलचित्रले तेश्रो हप्ताको आइतबार सय करोडको कलेक्शन पार गरेको हो । यसअगाडि आलिया अभिनित ‘टू स्टेट र बद्रिनाथकी दुल्हनियाँ’ले सय करोडको आँकडा पार गरेका थिए । सय करोड कमाउने यो दोश्रो नारी केन्द्रित चलचित्र हो । यसअगाडि नायिका कंगना रनावतको ‘तन्नु वेड्स मन्नु रिटर्न्स ‘ले पनि यो आँकडा पार गरेको थियो ।

यो चलचित्रमा नायिका भट्टले निर्वाहा गरेको भूमिकालाई दर्शक र समिक्षकले रुचाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org