ताजा समाचार

भारतीय विदेशमन्त्री स्वराजले नेपालीसामू किन मागिन माफी ? कारण यस्तो छ..

काठमाडौं १५, जेष्ठ । जनकपुरबासीलाई भारतीय भनेर विवादास्पद अभिव्यक्ति दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छिन् । उनले आफूबाट गल्ती भएको भन्दै टि्वटरमार्फत् माफी मागेकी हुन् ।

नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन गरेको बताएकी थिइन् ।

उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै लेखेकी छन्, ‘मेरो तर्फबाट यसमा गल्ती भयो । म इमान्दारीका साथ यसमा माफी चाहान्छु ।’

उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै लेखेकी छन्, ‘मेरो तर्फबाट यसमा गल्ती भयो । म इमान्दारीका साथ यसमा माफी चाहान्छु । ।

विदेश मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा स्वराजले भनेकी थिइन्, ‘नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गर्नुभएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org