नौ व्यवसायीमाथि मुद्दा दायर
कैलाली, १६ जेष्ठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्ममा खाद्य ऐन नियमबमोजिम नौ व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।
आज यहाँ दशौँ राष्ट्रिय स्वच्छता दिवसकको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नमूना संकलनका क्रममा गुणस्तरहीन उपभोग्य सामान बिक्री वितरण गरिएको पाइएकाले कैलाली, कञ्चनपुर र बझाङका नौ व्यवसायीमाथि मुद्दा दायर गरेको कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिए ।
कञ्चनपुरका आयुष दाना उद्योग, जसलिङ स्टोर र ममता किराना पसल, कैलालीका मालिका टे«डर्स एण्ड सप्लायर्स, तुलसी मार्केटिङ गोदावरी, सुदीप एण्ड प्रियान्स किराना पसल, शैलेश्वर किराना पसल र चन्द्र होटेल तथा बझाङको रुद्रा किराना पसलका व्यवसायीमाथि मुद्दा दायर गरिएको हो ।
कार्यालयले हालसम्म खाद्य उद्योग, होटल रेष्टुराँ, किराना पसल तथा अन्य खाद्य व्यवसायको अनुगमन गरी २१३ खाद्य नमूना संकलन गरेको थियो । नौवटा नमूनाका सम्बन्धित व्यापारिक फार्मविरुद्ध मुद्दा दर्ता गरिएको धितालले बताए ।
खाद्य ऐन, २०२३ लाई २०७४ मा गरिएको संशोधनअनुसार अखाद्य वस्तु बिक्री गर्ने तथा नराम्रोलाई राम्रो छ भनेर ठगी गर्नेलाई रु ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...