ताजा समाचार

संजय दत्तको जीवन कस्तो रहेछ ? हेर्नुहोस भिडियोसहित

काठमाडाैं १७, जेष्ठ । संजय दत्तको जीवनमा आधारित चलचित्र ‘संजू’ को ट्रेलर रिलीज भएको छ ।

चलचित्रमा रणवीर कपुरको लिड रोल रहेको छ बने  दर्शकले उनको अभियनको तारिफ गरेका छन्। राजकुमार हिरानीले संजय दत्तको जिन्दगीलाई पर्दामा राम्रोसँग उतारेका छन्। फिल्मका एक एक सिनलाई त्यसरी देखाउन खोजिएको छ, जुन संजय दत्तको जीवनमा घटेको घटना होस्।

फिल्मको ट्रेलरमा अर्को एक चिजको पनि चर्चा भइरहेको छ। त्यो हो रणवीर कपुर नांगै हुनु। बम विस्फोटको घटनामा मुछिएका संजय दत्तलाई जब सोधपुटका लागि पुलिस स्टेशन बोलाइन्छ, तब त्यहाँ उनका सबै कपडा उतारेर चेकिङ गरिन्छ। यो सीनमा रणवीर कपुर पूरै नांगै देखिएका छन् । उनी यसअघि पनि न्युड भइसकेका छन् ।

‘संजु’ २९ जुनमा रिलीज हुँदैछ। यो फिल्ममा रणवीर बाहेक परेश रावल, विकी कौशल, अनुष्का शर्मा, सोनम कपुर, मनिषा कोइराला र बोमन इरानी जस्ता कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। राजकुमार हिरानीको निर्देशनका बनेको यो फिल्मलाई अहिले देखि नै सफलता मिल्न सुरु भएको छ।

हेराैं उक्त ट्रेलर:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org